सनकको भरमा संसद भंग गर्ने अधिकार छैन,जानेसम्मको भाषामा लेखिएको छ- रामनारायण बिडारी

Date:

Share post:

काठमाडौँ-
बिहीबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संविधान निर्माणका क्रममा नै प्रधानमन्त्रीलाई सनक चढेमा संसद् विघटन गर्ने अधिकार नदिने लेखिएको लेखिएको बताउनुभयो । बिडारीले भन्नुभयो संविधानको मस्यौदा लेख्न समितिको १५ सदस्य समितिमा र कृष्णप्रसाद सिटौलाको ५ जनाको विज्ञ टोलीमा म पनि सदस्य थिए । ती बैठकमा तत्कालीन एमालेका नेता केपी शर्मा ओली बारम्बार आएर छलफलमा सहभागी हुने गर्नुहुन्थ्यो। बिडारीले स्मरण गर्दै भन्नुभयो- ‘त्यहाँ भएका कुराको टेप रिकर्डलाई यो सदनमा बजाइयोस् अनि हामी कति नालायक रहेछौं भन्ने स्पष्ट हुन्छ । लामो समय लगाएर धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसँग परामर्श गरेर प्रतिनिधिसभालाई प्रधानमन्त्रीको सनकको भरमा भंग गर्ने अधिकार छैन भनेर जानेसम्मको भाषामा लेखिएको छ ।

त्यस्तै प्रधानमन्त्रीले कसरी प्रतिनिधिसभा विघटन गर्न सक्दैन भनेर नै धारा ७६ का उपधाराहरू राखिएको तर, कहिले पार्टी फुट्ला र मन्त्री बनौंला भनेर बसेकाहरूले संविधानको अनावश्यक गलत व्याख्या गरिरहेको उहाँको भनाइ थियो। अझ बिडारिले संसद् विघटन गरेर प्रधानमन्त्री र उनीसँग रहेका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत संसारमा लज्जित बनाउने काम गरेको भन्नुभयो । बिडारी राष्ट्रपतिद्वारा मनोनित सांसद् हुन् भने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ भने संघीय संसद्को राष्ट्रिय सभामा बहस भइरहेको छ ।

आफ्ना भनाइ राख्ने क्रममै बिडारिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अधिकार संविधानले दिएको तर संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । संसद्ले तीन वर्षसम्म बजेट र नीति तथा कार्यक्रम सहजै पारित गरिदिएको कुरा ओलीले बुझ्नुपर्ने उनको भनाइ थियो । नयाँ निर्वाचनका बारेमा बिडारीले भने,-ताजा जनादेश भनिएको छ । के को लागि जनादेश ? निर्वाचनको घोषणा प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानबाट हुने ? हुकुमी शासन हो ? ताजा जनादेशबाट आउने प्रधानमन्त्रीले फेरि ३ महिनामा संसद विघटन गरिदिए के हुने ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...