काठमाण्डौं-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री राम बहादुर थापा `बादल´ले मांसहारी आन्दोलन गर्नेलाई जावलाखेल को चिडियाखाना लगेर राख्ने बताउनु भएको छ।
उक्त बृहत जनसभा शुरु हुनुभन्दा अगाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता तथा समर्थक जनताहरुले विभिन्न स्थान गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक, बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर , माइतीघर लगाएत स्थानबाट जुलुस निकालिएको थियो भने त्यो जुलुस नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको थियो ।
आजको बिशाल आमसभा अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने मुलनाराका साथ गरिएको थियो त्येस्तै जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गरौं। राष्ट्रिय स्वाधीनताको रक्षा गरौं। हामी जनता जाग्दैछौं, निर्वाचनमा लाग्दैछौँ । कम्युनिष्ट आन्दोलनको रक्षा गरौं जस्ता नारा लगाइएको थियो ।