बाँके-
गत माघ १ गते राती निर्ममता पुर्बक हत्या गरिएका नेपालगन्ज उप-महानगर पालिका वडा नम्बर १८ का प्रबिण थापाको हत्यामा संलग्न अपराधीहरु लाई सर्वस्व सहित जन्म कैदको माग गर्दै पीडित परिवार, स्थानीय लगाएत युवा र महिलाहरुले आज जिल्ला अदालत बाँके मा धर्ना तथा दबाब कार्यक्रम गरेका छन।

उक्त धर्ना तथा दबाब कार्यक्रममा उपस्थित पिडित परिवार तथा स्थानियका अनुसार आज प्रबिण हत्या प्रकरणको जिल्ला अदालत बाँके नेपालगन्जमा थुनछेक बहस हुँदै थियो । उक्त थुनछेक बहसमा कहि कतैबाट चलखेल भै न्याय नमरोस र हत्यामा संलग्न सबै दोषी हत्याराहरुलाई सर्वस्व सहित जन्म कैद होस ताकि फेरि यस्तो घटना गर्ने आँट कसैमा नआवस भनेर आज धर्ना तथा दबाब कार्यक्रम गरेको बताएका छन।

हत्या गरिएका प्रबिण थापा बिगत ५ बर्ष देखि राष्ट्रिय अनुसन्धान बिभाग अन्तर्गत बाँके कार्यालयको सहायक सुचक पदमा कार्यरत थिए भने जिल्ला अदालत बाँकेमा कार्यरत स्रेस्तेदारले प्रबिण हत्यामा संलग्न ७ जना दोषीलाई पक्राउ गरि बयान लिइरहेको खोज नेपाल न्युज संग बताउनु भयो।
