शैलेन्द्र बिक्रम बिडारी/ एजेन्सी-
जापानमा अहिले सम्म नभएको नयाँ प्रकारको कोरोना भाइरस(कोभिड १९)सन्क्रमित भेटिएको जापानी सन्चार माध्यमले जनाएका छन । जापानको राष्ट्रीय सन्क्रामक रोग अनुसन्धान बिभागले फेबुररी १८ तारिखमा अहिले सम्म भएको कोरोना भाइरसको प्रजाती भन्दा फरक प्रजातीको कोरोना भाइरस जापानमा भेटिएको पुष्टी गरेको छ । सो कोरोना भाइरस युके भेरीएन्ट भन्दा फरक रहेको र यो नयाँ प्रकारको भएकोले प्रतिरोधी क्षमता कमजोर पार्न सक्ने भएपनी पहिला भएको प्रकार भन्दाअ बदी सन्क्रामक नभएको पनि समाचारमा जनाइएको छ । बिभागका अनुसार यो नयाँअ प्रकारको कोरोना भाइरस कुन देशको प्रकार सँग मेल खान्छ भन्ने कुरापनी थाहा भैसकेको छैन ।
जापानको स्वास्थ, श्रम, तथा समाज कल्याण मन्त्रालयले बिज्ञहरुको सँगठनको सल्लाह पछी सो कुराको पुष्टी गरेको हो । अहिले भएको युके, दक्षिण अफ्रीका, ब्राजिलमा भेरीएन्ट जस्तो माहामारीको रुपमा नफैलिएको भएपनी निजी क्षेत्र लगायतको सहकार्यमापरिक्षणमा बिशेष जोड दिनुपर्ने जनाइएको छ । बिभागका अनुसार नयाँ प्रकारको भाइरस सन्क्रमित फेबुररी २ बाट बिमानस्थल क्वारेन्टाइनमा बसेका २ जाना लगायत राजधानी टोकियो क्षेत्रमा कुल ९१ जनामा पुष्टी भैसकेको माइनिची सिनबुनको समाचारमा जनाइएको छ ।