बाँके
बाँकेका पत्रकार हेमन्त चौधरीले बाँकेको सरस्वती माध्यमिक विद्यालय भवनियापुर,बाँके लाई आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोसाक सहयोग गर्नुभएको छ । पत्रकार चौधरी सोनारी राप्ती मिडिया प्रा.लि का अध्यक्ष समेत हुनुहुन्छ।

यहि फागुन २२ गते बाट राप्ती सोनारी १ लौकीमा हुने तेस्रो राप्ती सोनारी पालिका स्तरिय रनिङ शिल्ड प्रतियोगीतामा भाग लिने सरस्वती मा.वि भवानीयापुरका २० जना विद्यार्थी खेलाडीहरुलाई आज एक कार्यक्रमको आयोजना गरेर उक्त खेलकुद पोषाक उपलब्ध गराइएको सरस्वती मा.वी. भवानिपुरका प्रधानाध्यापक ललित कुमार चौधरीले बताउनुभयो । कार्यक्रममा बोल्दै सोनारी राप्ति मिडिया प्रा.लिका अध्यक्ष चौधरीले आफु उक्त विद्यालयको पुर्व विद्यार्थी र खेलाडी भएको बताउँदै खेलकुद विकासका लागी पोशाक सहयोग गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोनारी राप्ति मिडिया प्रा.लिका सदस्य इश्वरी के.सी, मेघराज रिजाल लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो । सिद्देश्वर महादेव विद्यालय लौकी, बाँकेको आयोजनामा हुन गइरहेको रनिङ शिल्डमा ३० बढि विद्यालयको सहभागीता रहने छ भने सो खेल फागुन २२गते देखि सुरु भै २५ गते सम्म हुने बताईएको छ ।