नेकपा(एमाले) ब्युतिएपछि खुशियाली मनाउदै बैजनाथ गाउँपालिका

Date:

Share post:

बिकास बिक्रम के.सी./ बाँके-

हिजो २३ फाल्गुन सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेको पार्टीले नै आधिकारिकता भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका छन् । ती दलबीच २०७५ जेष्ठ ०३ गते एकता भए पनि निर्वाचन आयोगमा दल दर्ता भएको हिसाबले कानूनसङ्गत नभएको कानुन बिदहरुले बताएका छन ।

अदालतको आदेशले दलहरू पुरानै अवस्थामा पुगेपछि बैजनाथ गाउँपाकिकाका अनेरास्ववियु बाँकेका कार्यकर्ताले टोल टोलमा दिप प्रज्वलन गरि खुसियाली मनाएका छन। सर्वोच्च अदालतको आदेशले आइतबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो दलसँग नाम जुधाएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछिको फैसलामा स्व: दल कट्टेलकै भएको फैसला गरेको छ ।

एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत देखिँदा उत्प्रेषणको आदेशले बदर गर्ने फैसला अदालतले गरेको छ । त्यसपछि पुर्ब एमालेका कार्यकर्ताले बाँके बैजनाथ गाउँपालिका लगायत देशैभर खुशियाली मनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...