काठमाण्डौं-
गत फागुन २३ गते सर्बोच्च अदालतको फैसलाले रीषी कट्टेलको नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई आधिकारिकता दिएपछी र पुर्ब नेकपा(एमाले) तथा पुर्ब नेकपा(माओबादी केन्द्र) पहिलेकै अबस्थामा रहने वा पुनः पार्टी एकीकरण गर्ने भए नयाँ नाम सहित दर्ता गर्न निर्देशन दिएपछि पुष्पकमल दाहाल प्रचण्ड लाई साथ दिएका माधब नेपाल पुनः नेकपा(एमाले) पार्टी मा नै फर्किएका छन। उनले भनेका छन अब आफू प्रचण्ड को पछि नलाग्ने र आफू एमाले कै नेता भएकाले एमाले पार्टीमै फर्किएर एमाले पार्टीलाई मज्बुत बनाउनमा लाग्नेछु।
पुर्ब एमाले र पुर्ब माओबादी केन्द्र मिलि नेकपा बनेपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा वलि लाई एक्ल्याउदै माधब, प्रचण्ड र झलनाथ खनाल लगाएत मिलि अलग गुट बनाएका थिए । अहिले माधब, झलनाथ लगाएतका नेता पुनः एमाले पार्टीमा फर्किने घोषणा गरेपछि प्रचण्ड एक्लिएका छन भने पुर्ब माओबादी केन्द्रका नेताहरु राम बहादुर थापा बादल, मणि थापा, प्रभु साह, लेखराज भट्ट लगाएतले आफ्नो संसद पद गएपनी अब एमाले पार्टी नछाड्ने बताएका छन।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/en/register-person?ref=P9L9FQKY