बर्दिया-
हिजो चैत्र ९ गते बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माद्वारा हस्ताक्षरीत एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले भारत तथा अन्य मुलुकबाट जिल्ला प्रवेश गर्ने नागरिकहरुलाई कम्तीमा अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
छिमेकी मुलुक भारतमा पुन: कोरोना भाइरसको महामारी फैलिने क्रम बढेपछि जिल्ला प्रशासनले एक सुचना जारी गरी उच्च सावधानी अपनाउन सबै नागरिकलाई भनिएको छ भने उक्त जारी सूचनामा बर्दिया जिल्लाभर कुनै प्रकारका राजनीतिक भेला, सभा, सम्मेलन, मेला, महोत्सव, खेल जस्ता भिड्भाड हुने गतिविधिमा समेत रोक लगाउन अनुरोध गरिएको छ।