Trending

माधव नेपाल र भीम रावल सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बित

काठमाण्डाै-

नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र उपाद्यक्ष भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।

यसअघि नेकपा एमाले केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केेपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्रपठाउनुभएको
हो।

उक्त निलम्बन गरिएको पत्रमा, ‘तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चितउनेहरुसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ त्यस कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहङ्कार र आन्तकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो । साथै यो सच्चिनका लागि अन्तिम मौका भएको पत्रमा उल्लेख गरियको छ । त्यस्तै आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close