बाँके-
पछिल्लो समय बाँके जिल्ला तथा बैजनाथ गाउँपालिका क्षेत्रमा कोभिड–१९ को उच्च जोखिम बढ्दै गएको र विद्यालय क्षेत्रमा उच्च सतकर्ता अपनाउनु पर्ने माग सहित नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेले बैजनाथ गाउँपालिकाको शिक्षा शाखालाई आज ध्यानाकर्षण पत्र बुझाएको छ ।
उक्त ध्यानाकर्षण पत्र बुझाउन अनेरास्वावियू बाँकेका सह-सचीव बिकास बिक्रम केसीको नेतृत्वमा केन्द्रिय सदस्य राजेश वलि, देवेन्द्र बुढा, युवा संघ बाँकेका जिल्ला सदस्य रन्जित क्षेत्री सहजीकरणको लागि लगाएत अनेरास्ववियु जिल्ला कमिटीका सदस्यहरुको गएका थिय भने ध्यानाकर्षण पत्र बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिश्वराज ढकाललाई बुझाएका हुन ।
पत्रमा अनेरास्ववियूले स्वास्थ्य मापदण्ड अपनाएर नियमित कक्षा सञ्चालन गर्नुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार चल्न आग्रह गरिएको छ ।साथै अनेरास्ववियु बाँकेका सह-सचीव केसीले जिल्लाका आठ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको खोज नेपाल न्युज संग बताउनुभयो ।