बर्दिया-
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बर्दियाले सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष के पि शर्मा वलिको नारालाई साकार र सफल बनाउने उद्देश्यले आफ्नो संगठन बिस्तार र झन बलियो बनाउन तिर लागेको छ ।
युवा नेता राजु पहारी राष्ट्रिय युवा संघ नेपाल बर्दियाको संयोजक बने पछि युवा संघ बर्दियाले ४ पालिका र ३६ वडामा कमिटी घोषणा गर्ने , सपथ ग्रहण गराउने र पालिका भेला गराउने कार्यलाइ तिब्रता दिदै आएको छ । राष्ट्रिय युवा संघ बर्दियाका आगामी योजना र कार्यक्रम हरु चैत २२ गते गेरुवा गाउपालिका, चैत २३ गते राजापुर नगरपालिका, चैत २५ गते बारबर्दिया नगरपालिका र चैत २६ गते गुलरिया नगरपालिकामा कमिटी घोषणा , सपथ ग्रहण, युवा भेला लगाएत सम्पन्न हुने युवा संघ बर्दियाका संयोजक राजु पहारिले खोज नेपाल न्युज संग बताउनुभयो ।