बर्दिया-
रास्ट्रीय युवा संघ नेपाल बर्दियाको दोस्रो चरणको कार्यक्रम हिजो पस्चिम बर्दिया गेरुवा बाट सुरु भयको रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा बर्दिया संयोजक राजु पहारी ले जानकारी दिनु भयो !

कार्यक्रम मा नेकपा एमाले जिल्ला संयोजक लाल ब श्रेष्ठ प्रमुख अतिथि हुनुनुन्थ्यो ! त्यसैगरी नेकपा एमाले बर्दिया जिल्ला सचिब तथा युवा नेता पदम ढकाल, रास्ट्रीय युवा संघ नेपाल का स्थाइ कमिटि सदस्य तथा बर्दिया जिल्ला का युवा नेता ध्रुब थापा , सम्झना बि क, भिम बहादुर सिंह लगायत बक्ताहरु ले बोल्नु भयको थियो !

कार्यक्रम मा बोल्दै राष्ट्रिय युवा संघ नेपालका स्थाई कमिटि सदस्य ध्रुब थापाले केन्द्रको सर्कुलर र जिल्ला को बैठक ले पारित गरेका हरेक निर्णय सबैको साझा निर्णय हुने बताउनु भयो ! त्यस्तै प्रमुख अतिथि नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठ ले नेता बन्न अदम धैर्यता , अटल बिस्वास र जबज को मुल्य मान्यता अनुरुप अगाडि बड्नु पर्ने बताउनु भो । भने कार्यक्रम जिल्ला सह सचिब नुतन चौधरी को अध्यक्षता र शिव रिमाल को उद्घोषण मा सम्पन्न भयको थियो ।
