रास्ट्रीय युवा संघ नेपाल बर्दियाको दोस्रो बैठक सम्पन्न

Date:

Share post:

बर्दिया-

रास्ट्रीय युवा संघ नेपाल बर्दिया जिल्ला कमिटिको दोस्रो बैठक रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय स्थायि कमिटि सदस्य ध्रुब थापाको प्रमुख आतिथ्य मा आज सम्पन्न भएको छ । भने उक्त रास्ट्रीय युवा संघ नेपाल बर्दियाको बैठक ले २३ जना जिल्ला कमिटि सदस्य मनोनयन गरी केहि पदाधिकारीहरुको जिम्मावारी समेत हेरफेर गरेको छ ।

आज बसेको युवा संघको दोस्रो जिल्ला बैठकमा जिल्ला कमिटि कार्यलय सदस्यहरु, पालिका संयोजकहरु र जिल्ला सदस्यहरु सहभागि रहेका थिए ! त्यस्तै नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा गुलरिया नगर अध्यक्ष कृष्ण खनाल उक्त युवा संघ जिल्ला कमिटी बैठकको बिषेश अतिथि हुनुन्थ्यो ।

बैठकको रिपोर्टिङ मा उठेका समसामयिक बिषयमा युवा संघ केन्द्रिय स्थायि कमिटि सदस्य ध्रुब बहादुर थापाले अहिले कोभिड माहामारीको विषम परिस्थितिमा आफू पनि सुरक्षीत हुदै जनताको सेवामा लाग्न अनुरोध गर्दै युवा संघमा भएका केही पदलोभी र आफ्नो ब्यक्तिगत स्वार्थका लागि मरिहत्ते गरि जानेहरुको पछि नलाग्न सबै युवाहरूलाई सुझाब समेत दिनुभयो।त्यस्तै केन्द्रीय सचिवालय सदस्य तथा बर्दिया जिल्ला सयोजक राजु पहारीले कोभिडको संक्रमित बढिरहेको यो अबस्थामा पार्टी संग सहकार्य गर्दै विभिन्न सचेतनाका कार्यक्रम गर्ने तथा माक्स, सेनिटाईजर लगाएतका स्वास्थ्य सामाग्री बितरण गर्ने योजना भएको बताउनु भएको थियो भने कार्यक्रम को संचालन युवा संघ बर्दिया जिल्ला सचिव चन्द्र बहादुर खड्काले गर्नु भयको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...