अनेरास्ववियु बांके जिल्ला सह-सचिव के•सी• द्वारा स्थानीय सरकारलाई आइसोलेसन वार्ड बनाउन ध्यानाकर्षण

Date:

Share post:

बाँके-

अनेरास्ववियु बांकेका जिल्ला सह-सचिव बिकास बिक्रम के•सी• ले बैजनाथ गाउँपालिका वडा नम्बर ८ का वाड अध्यक्ष भगन थारु र वाड सदस्य धिरेन्द्र सिंह ठकुरीलाई आफ्नो स्थानीय तहमाआइसोलेसन वार्ड´बनाउन ध्यानाकर्षण गरेकाछन । ध्यानाकर्षण गराउदै अनेरास्ववियु बाँके जिल्ला सह सचिव के. सी. ले बाँके जिल्लामामा कोरोना भाइरस (कोभिड-१९) को कारणले भयावह अवस्था सिर्जना भएको कुरा सबैमा जगजाहेर नै भएको र बैजनाथ गाउँपालिका-०८मा पनि कोभिड बिरामी देखा परेको, संक्रमणको दर बढ्दै गएको तथा हाल बाँके जिल्ला लकडाउनको अबस्थामा हुनसक्ने संक्रमणप्रती सजगता तथा रोकथामका लागि यस बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियामा र्हेको ठूलो आधुनिक स्वास्थ्य चौकी भवनलाई कोभिड ‘आइसोलेशन वार्ड’ बनाउनका निमित्त स्थानीय सरकारको ध्यानाकर्षण गराउदछु।

साथै ध्यानाकर्षणकै क्रममा के. सी. ले बैजनाथ-८ टिटिहिरीयाको स्वास्थ्य चौकीमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरि आवस्यक न्युनतम मात्रामा छुट्टै शैयाको व्यवस्था मिलाउन, कोरोना सङ्क्रमित व्यक्ति भेटिए बिरामीको प्रारम्भिक स्वास्थ परीक्षण गर्ने र सघन स्वास्थ परीक्षण गर्नुपर्ने देखिएमा बैजनाथ गाउँपालिका तथा भेरी अस्पतालमा सिफारिस गरी पठाउने व्यवस्था गर्न साथै कोभिड–१९ को सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न समेत आग्रह गरेकाछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...