काठमाडौँ –
आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आज उमेदवारी दर्ता गर्नुभएको छ। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दर्तापछि नेकपा एमाले नेता तथा गृहमन्त्री थापाले पत्रकारहरूसंग प्रतिक्रिया दिँदै आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ।
उम्मेदवार दर्ता गर्नुअघि बादलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका अन्य नेताहरूसँग बालुवाटारमा छलफल गरी छलफलपछि उम्मेदवारी दिन बालुवाटारबाट सीधै हेटौँडा पुग्नुभएको थियोे। भने थापाको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाजबादी पार्टीका तर्फबाट संयुक्त रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै नेकपा एमाले नेता तथा गृहमन्त्री थापाले पत्रकारहरूसंग प्रतिक्रिया दिने क्रममा अहिलेको चुनावमा कूल ९ हजार ५ सय ६४ मत मध्ये हाम्रो पार्टीको पाँच हजार एक सय ३० मत छ, यो मतले के स्पष्ट देखाउँछ भने यो निर्वाचनमा मेरो जित सुनिश्चित छ भन्नुभयो साथै एमालेको एक समूहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा छ नि ? भन्ने प्रश्नमा थापाले भन्नुभयो पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो, सबै मत मलाई नै आउँछ ।’