काठमाण्डौं-
बिश्व महामारी को यो कठिन समयमा पनि उधोग तथा आपुर्ति राज्यमन्त्री बिमला बि.क. को पहलमा अप्ठ्यारो मा परेका बर्दियाबासि काठमाडौं मा अध्ययनरत विद्यार्थी, मजदुरहरु लाइ खाध्यान्न सहित बिभिन्न सहयोग गर्दै आइरहनुभएको छ।


कोरोना कहर कै मारामारी बिच केहि दिन गृह जिल्ला बर्दिया मा सहयोग कार्यक्रम सकेर राज्यमन्त्री बि.क. काठमाडौं फर्किनुभएको हो भने बर्दिया जिल्लाका करिब ६ पालिकालाई कोरोना बिरुद्ध लड्न हौसला र बिभिन्न उपकरण ( माक्स, पिपिइ, ग्लोब्स, सेनिटाइजर ) बितरण गरी काठमाडौं फर्किएपछी आफै कोरोना पोजेटिभ भएपनि मन्त्री बिमला बर्दियाबासिलाई निरन्तर सहयोग गर्दै आइरहेको उहाँका स्वकिय अधिकृत राजकुमार महतरा ले बताउनु भयो ।
बिभिन्न बिकाश निर्माण का कार्यमा बिषेश चासो राख्ने बिमला मन्त्रीमण्डल कि कान्छि मन्त्री हुन ।
