Trending

हुम्लामा पनि कोरोना संक्रमित बढ्दै, ताँजाकाेट पालिकाले गर्यो निषेधाज्ञा जारी


हुम्ला/बिरेन्द्र भण्डारी –
हुम्ला ताँजाकाेट गाउँपालिका का अध्यक्ष बाग्दल मल्ल, स्वास्थ्य प्रमुख राजेन्द्र स्यान्कु र अन्य जनप्रतिनिधिहरुकाे निर्णय अनुरुप २०७८/०१/३० गते एक सुचना जारी गर्दै ताँजाकाेट गाउँपालिका सबै वडामा काेराेना भाइरस संक्रमण उच्च भएको र यसले ठूलो रुप लिन सक्ने भन्दै राेकथाम तथा नियन्त्रणकाे लागि पालिका भित्रका एक वडाबाट अर्काे वडामा आपतकालीन कार्य बहायक अरु कामका लागि आवतजावत निषेध गरिएको छ। यस ताँजाकाेट गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्था लगाएत अन्य सबै सरकारी गैरसरकारी कार्यलयहरु अर्काे निर्णय नभए सम्मका लागि आपतकालीन सेवा बहायक सबै सेवाहरु बन्द गर्ने निर्णय भएको छ।

जिल्ला प्रहरी कार्यलय हुम्लाकाे तथ्यांकअनुसार ७ सय जना भन्दा बढी कोरोना संक्रमित उच्च रहेको क्षेत्र नेपालगन्ज, सुर्खेत लगाएत शहरबाट बाजुराकाे कवांडी नाका तथा मुगुहुदै चंखेली लेकबाट र सिमकाेट बिमानस्थल बाट यात्रु हुम्ला भित्रिएका छन।

त्यस्तै पछिल्लो केही दिन यता हुम्ला जिल्ला समुदाय स्तरमै र सिमिकाेटमा PCR चेकजाँच गर्दा १७ जना काेराेना पुष्टि भएको थियाे र हिजाे मात्रै ताँजाकाेट गाउँपालिकामा स्वास्थ्य परीक्षण गर्दा ८ जना काेराेना पुष्टि भएका थिए भने धेरै प्रभावित वडा २ र ५ रहेका छन तथा अन्य पालिकाकास्थानिय तहहरु अहिलेसम्म चुपचाप छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close