बाँके-
बाँकेकोनेपालगन्ज उपमहानगर पालिकामा रहेको नेपालगन्ज स्वास्थ्य सामाजिक सुरक्षा बिकास केन्द्र का अध्यक्ष तथा समाजसेवी धर्म वीर काहरले हालको समयमा बाँके र बर्दियामा कोरोना भाइरसको संक्रमण अत्यधिक बढिरहेको र त्यस क्षेत्रमा मृत्युदर समेत अत्यधिक भएकोले उक्त महामारीबाट जनतालाई बचाउन भन्दै बुद्ध भुमी नेपाल नामक संस्थालाई हिजो २,०००(दुई हजार) माक्स सहयोग स्वरुप प्रदान गर्नुभएको छ। त्यस्तै लियो क्लब नेपालगन्ज का एम्बुलेन्स चालक तथा समाजसेवी सोनु धपालीले पनि बुद्ध भुमी नेपाल संस्थालाई ५००(पाँच सय) माक्स सहयोग स्वरुप प्रदान गर्नुभएको छ।

बुद्ध भुमी नेपाल का अध्यक्ष अशोक के.सी. र नेपालगन्ज स्वास्थ्य सामाजिक सुरक्षा बिकास केन्द्र का अध्यक्ष तथा समाजसेवी धर्म वीर काहर बिच काम बिशेषले नेपालगन्जमा हिजो भेटघाट भै कोरोना महामारीको बारेमा कुराकानी गर्दा बुद्ध भुमि नेपालका अध्यक्ष ले बर्दियाको बारबर्दिया नगरपालिकामा बुद्ध भुमी नेपाल संस्था द्वारा कोरोना संक्रमणको उच्च जोखिममा रहेकालाई माक्स बितरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनासाथ समाजसेवी धर्म बिर काहर र सोनु धपालिले २५००(दुई हजार पाँच सय) माक्स सोही बखत नै खरिद गरी बुद्ध भुमि नेपालका अध्यक्ष अशोक के.सी.लाई हस्तान्तरण गर्नुभएको थियो।