धर्म बिर काहरको समाजसेवा मा रहर

Date:

Share post:


बाँके-
नेपालगन्ज उप महानगरपालिका बाँकेमा रहेको नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा बिकास केन्द्रका अध्यक्ष तथा समाजसेवी धर्मबिर काहरले नेपालगन्ज उप महानगरपालिकाकै कारकादोमा रहेको नेपाल मानव धर्म सेवा समिति द्वारा संचालित वाटर बैंक लाई १०० कार्टुन पानी सहयोग गर्नुभएको छ। उक्त सेवा समितिले विभिन्न ब्यक्ती, संघ, संस्थाहरुले गरेको पानी, फलफुल, चामल, दाल लगाएत खाद्यान्नहरु एकदम बिपन्न जो यो लकडाउनमा एक छाक खान नसक्ने अबस्थाका छन र पानी पनि खान नपाई भोकै र प्यासै हिनिरहेका छन तेस्तालाई आफुहरुले दिने गरेको बताए।

समाजसेवी तथा नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा बिकास केन्द्रका अध्यक्ष धर्मबिर कहारले हालको कोरोना महामारी बाट बचाउन तथा कोरोना संक्रमण उच्छ जोखिममा रहेकालाई बितरण गर्न भन्दै हिजो मात्र बुद्ध भुमि नेपाल नामक संस्थालाई २००० माक्स सहयोग गर्नुभएको थियो। त्यस्तै नेपाल मानव धर्म सेवा समितिलाई आजको पानी सहयोग गर्ने कार्यक्रममा समाजसेवी तथा नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा बिकास केन्द्रका अध्यक्ष धर्मबिर काहर, अधिवक्ता बिश्वजित तिवारी लगाएत उपस्थित हुनुहुन्थ्यो । भने समाजसेवी काहरले यहि आउदो ९ गते आफ्नो ७औँ विवाहा बर्षगाँठको अबसरमा भेरी अस्पतालमा बिरामी तथा कुरुवा लाई २० रुपैयाँमा खाना खुवाइरहेको अंजनी माता रसोइ लाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको समेत बताइनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...