जिल्ला प्रशासन बर्दियाले भन्यो कोभिडको नाउमा आफुखुसी रकम संकलन नगरौ

Date:

Share post:


बर्दिया-
आज एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाले कोभिड संक्रमणको जोखिम रोकथाम , उपचार र नियन्त्रणको नाममा आफुखुसी सहयोग संकलन गर्ने कार्य प्रचलित कानुन बिपरित हुने भएकोले जो कसैलाई तेस्ता सहयोग रकम संकलन नगर्न नगराउन भनेको छ।

उक्त आज जारी सुचनामा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार आफैले हस्ताक्षर गरि कोभिड- १९ संक्राण उपचारका नाममा जथाभावी रकम संकलन तथा विभिन्न खातामा जम्मा गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिएकोले सरोकार वाला सबैको जानकारीको लागि यो सुचना निकालिएको जनाउनु भएको छ। साथै प्रमुख जिल्ला अधिकारी सुनारले कसैलाई स्वेच्छिक रुपमा संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग गर्न मन भए राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार परिसरमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न समेत अनुरोध गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...