काठमाण्डौँ-
हिजो ७ गते साँझ ५ बजे सम्म राष्ट्रपतिको कार्यालयले बहुमत पुग्ने आधार कुनै दल संग भए पेस गर्नु भनी दिएको समय सिमा भित्र प्रधानमन्त्री केपि शर्मा वलि र शेरबहादुर देउबा दुबैले आ आफ्नो बहुमत पुग्ने भनी दाबी पेस गरेका थिए। राष्ट्रपति समक्ष पेस गरेको दाबिमा वलिले १५३ जना र देउवाले १४९ जना संसदले आफुलाई समर्थन गरेको भनेर पेस गरेको भएपनी राष्ट्रपतिको कार्यालयले वलि र देउवा दुबैको दाबी नपुगेको भन्दै दुबैलाई प्रधानमन्त्री नियुक्ति गर्न नसक्ने बताएको छ।



राष्ट्रपतिको कार्यालयले दुबै पक्षले बहुमतको दाबी गरेपनी नेपालको संविधानको धारा ८९को खण्ड (ङ) आकर्षीत हुनसक्ने, राजनीतिक दल सम्बन्धि ऎन २०७३ परिच्छेद ६ का बिषयहरु समेतलाई ध्यानदिदै दाबिकर्ता दुबैको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा बिश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले दुबै दाबि कर्ताहरुको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री नियुक्ति गर्न मिल्ने देखिएन भनी सहायक प्रबक्ता केशब प्रसाद घिमिरेद्वारा हस्ताक्षरीत बिज्ञप्ति जारीगरेको छ।