काठमाडौं-
हिजो ७ गते राष्टपतिले धारा ७६ को उपधारा ५ अनुसार सकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले पेस गरेको दुवैको दाबी नपुगेको ठहर गरेपछि बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटन गर्न सिफारिश गरेको छ ।
बैठकमा सहभागी एक मन्त्रीले बताए अनुसार मन्त्रिपरिषदको आज बसेको बैठकले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरी आगामी कार्तिक २६ गते र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकि सिफारिस गरेको छ ।