बर्दिया-
बारबर्दिया नगरपालिका वडा नम्बर ८ मा केन्द्रिय कार्यालय रहेको बुद्ध भुमी नेपाल नामक गैरसरकारी संस्थाले बारबर्दिया नगरमा हिजो १० गते आफ्नो ज्यु ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रहेर कोरोना संक्रमण नियन्त्रणका लागि खटिनुहुने नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी लाई कोभिड सुरक्षाका सामाग्री १२०० माक्स र १२ लिटर सेनिटाइजर बितरण गरेको छ। त्यस्तै उक्त बुद्ध भुमी नेपाल संस्थाले अब बारबर्दिया नगरपालिकाको वाड नम्बर ८ का सम्पुर्ण कोरोना पोजेटिभ र ६० बर्ष माथिका वृद्ध वृद्धाहरुलाई १३सय माक्स र १३ लिटर सेनिटाइजर बाँड्ने योजना रहेको संस्थाका अध्यक्ष अशोक के. सी. ले बताउनु भयो ।




बुद्ध भुमी नेपालका अध्यक्ष अशोक के.सी. र सचीव भिम प्रसाद न्यौपानेले माक्स सहयोग गर्ने नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा बिकास केन्द्रका अध्यक्ष धर्म वीर काहार र सोनु धपाली त्यस्तै सेनिटाइजर ब्यबस्थापनमा सहयोग गर्ने संयुक्त एम्बुलेन्स चालक संघ बाँके का अध्यक्ष मनोज बोगटीलाई विशेष धन्यवाद तथा सेनिटाइजर दिएर सहयोग गर्ने मनोज बोगटी, राजिब कुमार गुप्ता, रामु चौधरी, गणेश बहादुर बुढा क्षेत्री लगाएत सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्नुभएको छ। साथै सहयोगी मन हरुलाई संस्थाका अध्यक्ष र सचीवले सम्पुर्णलाई सहयोगका लागि समेत हार्दिक अपिल गर्नुभएको छ।





