Trending

आर्थिक ७८/७९ को स्वास्थ्यको बजेट र मुख्य कार्यक्रमको हाइलाइट


राजु पहरी/काठमाण्डौँ-

आज २०७८/७९ को बजेट सम्बन्धि राष्ट्रपतिबाट अध्यादेश पारीत भए संगै आज सार्बजनिक हुँदै गरेको बजेटमा नेपाल सरकारले स्वास्थ्यको बजेटमा कोभिड १९ सम्बन्धि विभिन्न शिर्षक जस्तै बिरामीका लागि चाहिने एचडियु, आईसीयु, भेन्टिलेटर, टेष्ट किट लगायतका कोभिड उपचार सामाग्री, कोभिड-१९ विरुद्धको खोप, . अस्पताल नभएका पालिकाहरुमा अस्पताल खोल्न, विमा कार्यक्रमका लागि, क्षयरोगमुक्त पालिका घोषणा, सरकारी अस्पतालमा कोभिड-१९ परीक्षण र उपचार निःशुल्क लगाएतका लागि करिब ५० अर्ब छुट्याएको छ।

आउदो आर्थिक बर्ष २०७८/७९ को बजेटमा कोभिड १९ लगाएत स्वास्थ्यमा जनताको स्वामित्व रहने तथा जनताले राहत महसुस गर्ने खालको बजेट आएको सर्बत्र चर्चा चल्न थालेको छ ।
हेर्नुहोस बजेटमा स्वास्थ्य सम्बन्धि मुख्य कार्यक्रम:-
१. काेभिड-१९ का बिरामीका लागि चाहिने एचडियु, आईसीयु, भेन्टिलेटर, टेष्ट किट लगायतका कोभिड उपचार सामाग्रीलाई ४ अर्ब
२. कोभिड-१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड
३. अस्पताल नभएका पालिकाहरुमा अस्पताल खोल्न ६ अर्ब ५० करोड
४. विमा कार्यक्रमका लागि ६ अर्ब ५० करोड
५. केन्द्रमा ३ सय बेड र प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल स्थापनाका लागि १ अर्ब ३० करोड
६. क्षयरोगमुक्त पालिका घोषणा गर्ने
७. चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)को दुवाकोट प्रोजेक्टलाई राष्टि गौरवको योजना तोकेर ३ वर्षमा सम्पन्न गर्ने
८. महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा शतप्रतिशत वृद्धि
९. १०० वेड माथिका अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य गर्ने, निजी र सामुदायिक अस्पताललाई ५० प्रतिशत अनुदान
१०. सरकारी अस्पतालमा कोभिड-१९ परीक्षण र उपचार निःशुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close