Trending

नेकपा एमालेको भातृ संगठन युबा संघको बैठक सुरु, नेतृत्व परिबर्तन हुदै


राजु पहारी/काठमाण्डौँ-

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बैठक सुरु भएको छ । संघका अध्यक्ष वचन बहादुर सिंहले अध्यक्षता गर्नु भएको बैठक जुम प्रविधि मार्फत सुरु भएको छ ।

बैठकलाई पार्टीका विभिन्न नेता हरु ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युव संघको बैठकलाई पार्टी नेता एवम् लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले सम्बोधन गरि सक्नु भएको छ । बैठकलाई पार्टी महासचिव ईश्वर पोख्रेलले समेत सम्बोधन गर्नु भएको छ । भोलि सम्म चल्ने वैठकलाई एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत र प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्नु हुने बताइएको छ ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपालको यो बैठक बाट नेतृत्व परिवर्तन हुने भएको छ । अहिले अध्यक्ष रहनु भएका बचन सिंहले नेतृत्व सह अध्यक्ष किरण पौडेललाई हस्तान्तरण गर्नु हुने एक नेताले बताउनु भयो। सम्भवत् आज कि भोलि सम्म निर्णय आउछ ति नेताले खोज नेपाल न्युज लाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close