राष्ट्रिय युवा संघ नेपालकोअध्यक्षमा पौडेल निर्वाचित

Date:

Share post:


राजु पहारी/काठमाण्डौँ-
नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको निबर्तमान अध्यक्ष वचन ब. सिहको अध्यक्षतामा भर्चुअल माध्यमबाट हिजोदेखि आजसम्म भएको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाटअध्यक्षमा किरण पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसभन्दा अगाडीको कमिटीमा पौडेल सहअध्यक्ष हुनुहुन्थ्यो । जस्तो सुकै परिस्थितिको पनि सहजै सामना गर्न सक्ने क्षमता भएका, सालिन, बौध्दिक र सबै युवाहरुका प्रिय हुनुहुन्थ्यो ।

युवा संगठनमा लामो समयसम्मको अनुभव संहाल्नुभएका नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, बरिष्ठ उपाध्यक्षसहितका जिम्मेवारीहरुमा सफलतापूर्वक बहन गर्नुभएको थियो । संगठन विस्तार र प्रतिकुल समय अनुसार अगाडी बढ्न सक्ने क्षमता राख्नुहुने पौडेलले अबका दिनमा युवाहरुको सकारात्मक आन्दोलनलाई समाजवादको दिशातर्फ अगाडी बढाई युवाहरुको हक, हित, अधिकार तथा आवश्यकतालाई ध्यान दिई संगठनको गौरवमय इतिहासलाई सुरक्षित राख्ने आम युवाहरुले अपेक्षा गरेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...