अनेरास्ववियु बाँकेद्वारा परीक्षा फारम भर्न क्याम्पसमा हेल्प डेक्स संचालन


बाँके-
त्रिभुवन बिश्व विद्यालयले विश्वब्यापी माहामारि कोरोना को बेला स्नातक तह प्रथम बर्षमा अध्ययनरत २०७६ मा भर्ना भएका बिद्यार्थी हरु तथा २०७० सालमा भर्ना भई २०७१ सालमा परिक्षा दिएकाको लागि अन्तिम बर्ष र मौका परिक्षा समेत दिने परिक्षार्थीहरुका लागि परिक्षा फारम भर्न समय खुल्ला गरेपछि स्नातकका बिद्यार्थीहरुलाई आवस्यक सहयोगक गर्न भनी महेन्द्र बहुमुखी क्याम्प बाँके को अनेरास्ववियु इकाई कमिटिद्वारा हेल्प डेस्क संचालन गरिएको छ।

उक्त हेल्प डेक्स अनेरास्ववियु बाँके को निर्देशन मा अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस ईकाइ कमिटिद्वारा संचालन गरियको हो भने उक्त हेल्प डेक्स संचालन कार्यक्रममा अनेरास्ववियु बाकेँ का जिल्ला सचिब प्रकाश बि.क., जिल्ला सदस्यहरु जय राना, भरत घले, दिपेन्द्र शर्मा, मन्ना खान, प्रकाश सुनार लगायतका विद्यार्थी नेताहरु को सहभागीता थियो। कोरोनाका कारण देशभर निषेधाज्ञा लागू गरिएका कारण धेरै विद्यार्थी हरुको परिक्षा फर्म छुट्ने र परिक्षा फर्म भर्न असहज हुने सम्भावना भएको हुनाले हेल्प डेस्क राखियको अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटी का अध्यक्ष माधव खत्री ले जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close