दलित मुक्तिमोर्चा बर्दियाका संयोजक बि.क. द्वारा छुवाछूत उन्मुलन दिबसमा शुभकामना

Date:

Share post:


बर्दिया-

आज नेपाल दलित मुक्तिमोर्चा बर्दियाका संयोजक दुर्गा बहादुर बिश्वकर्माले १५औं छुवाछूत उन्मुलन दिवसको उपलक्ष्यमा एक वक्तव्य निकाली छुवाछूत र बिभेदरहित समाज निर्माणका लागि सोचाई र ब्यवहार परीवर्तन जरुरी छ भन्दै बर्दियाबासी तथा सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ।

उक्त शुभकामना ब्यक्तब्यमा नेपाल दलित मुक्तिमोर्चा बर्दियाका संयोजक बिकले भन्नुभएको छ- आजको बिकसीत दुनियाँमा पनि जातिय भेदभाव र दलित समुदाय माथिका विभिन्न प्रकारबाट हिंसा भैरहेका छन। संबिधान र कानुनमा भएको ब्यवस्था मात्र कठोरता पुर्बक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ।

त्यस्तै शुभकामना ब्यक्तब्यमा बि.क.ले सामन्ती राज्य विरुद्ध आन्दोलन, महान जनयुद्ध, जन आन्दोलनको बलिदान पुर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्दै जाने खतरा छ। जातीय छुवाछूत, विभेद, र हिंसा सम्बन्धि संविधान र कानुनमा भएको ब्यबस्था प्रभाबकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातिय छुवाछूत विरुद्ध जनचेतना लगाएतका जागरण मुलक कार्यक्रम संचालन गर्न पर्दछ। र स्थानीय तज सम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने कार्यमा जुट्न बर्दियाबासी र सबै आम महानुभावहरुमा अपिल गर्दै यस दिवसको अवसरमा कोभीडबाट सचेत रही शु स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु भन्नू भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...