Trending

अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल द्वारा स्व. एमाले नेता डम्बर बहादुर थापाको सम्झ्नामा रक्तदान


बिरेन्द्र भण्डारी/बाँके-
आज नेकपा एमाले बाँके सचिवालय सदस्य , डुडुवा गाउँपालिका इन्चार्ज तथा बैचारिक युवा नेता स्वर्गीय डम्बर बहादुर थापाको सम्झ्नामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाँके बैजनाथ पालिका कमिटी द्वारा बाँकेको कोहलपुर स्थित भेरी शीत भन्डारमा रक्तदान कार्यक्रम भयो भने उक्त रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ।
उक्त रक्त दान कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य देवराज भार , लुम्बिनी प्रदेश निर्वतमान मन्त्री आरती पौडेल, जिल्ला प्रदेश कमिटी सदस्य तथा खेलकुद संघ केन्द्रीय उपाध्यक्ष भिम ओलि, एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल, नेकपा एमाले बाँके जिल्ला अध्यक्ष सूर्य ढकाल, जिल्ला कमिटी सदस्यहरु, वडाका प्रतिनिधिहरु , लगाएत युवाहरुको सहभागिता रहेको थियो ।

स्वर्गिय डम्बर थापा नेकपा एमाले बाँके सचिवालय सदस्य , डुडुवा गाउँपालिका इन्चार्ज तथा बैचारिक युवा नेता हुनुहुन्थ्यो भने थापाको गत जेष्ठ १७ गते कोरना संक्रमणका कारण उपचारका क्रममा मुत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close