काङ्रेस सासंद बैधको अभिब्यक्ति प्रति रास्ट्रीय युवा संघ बर्दियाको आपत्ति

Date:

Share post:


बर्दिया-
हिजो २८ गते राष्ट्रिय युवासंघ नेपाल बर्दियाले नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैध को प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलि लाई हत्या गर्छु भन्ने अभिव्यक्ति प्रति आपत्ती प्रकट गर्दै एक प्रेस नोट जारी गरेको छ।

उक्त राष्ट्रिय युवा संघ नेपाल बर्दियाका संयोजक राजु पहरीद्वारा हस्ताक्षरीत प्रेस नोटमा नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैधको अभिव्यक्ति ले नेपाली राजनिती संस्कारमा धज्जी उडाएको छ। यो अभिव्यक्ति पुर्णरुपमा अपराधीक र अपराधीक मानसिकताको उपज हो। लाखौं युवाहरुको ढुकढुकी, लाखौं आमा बुबाको आशीर्वादले देशको बिकासमा कायापलट गर्दै अगाडी बढ्नुहुने राजनेता मुलुकका प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलि प्रति श्रीङ्खलाबद्ध आक्रमणको दोश्रो रुप हो भनिएको छ।

त्यस्तै नेपाली काङ्ग्रेसका बाग्मती प्रदेश सभा सदस्य बैधलाई चुनौती दिदै राष्ट्रिय युवा संघ बर्दियाको प्रेस नोटमा भनिएको छ नेपाली गोड्से बन्ने रहर भए हामी देशभरका माताहातका कम्रेडहरु माननीय नरोत्तम बैध सामु खडाहुन तयार छौँ । यी सबै श्रीङ्खला पूरा हुनु पुर्ब नेपालको कानुनी उपचार दिइयोस, हत्कडी लगाइयोस। यदि दिमागी हालतमा गडबडी भए मानसीक अस्पतालमा उपचार गरीयोस अन्यथा चर्को राजनीतिक उतारचढावमा भोलि कोहिकसैको जिम्मेवार हुनबाट रोकियोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...