काठमाण्डौँ-
बाग्मती प्रदेश सभाको हिजोको बैठकमा बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैधले प्रधानमन्त्री केपि शर्मा ओलिको हत्या गर्छु भन्ने अभिव्यक्तिलाई नेकपा एमाले पार्टीले एक प्रेस बिज्ञपति निकाली गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपा एमाले पार्टी प्रबक्ता प्रदिप ज्ञवालीद्वारा हस्ताक्षरीत उक्त प्रेस बिज्ञप्तिमा भनिएको छ सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिको हत्या गर्न दिएको धम्किलाई नेकपा एमालेले अत्यन्त गम्भीर रुपमा लिएको छ। प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आबश्यक परे आफैपनी हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति अपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।
त्यस्तै बिज्ञप्तिमा उक्त अभिव्यक्तिको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी यो बिषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने बिषय हो भन्ने ठान्दछ र यस बिषयमा सम्बद्ध राजनितिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ भनिएको छ।