राष्ट्रिय युवा संघ नेपाल बर्दियाद्वारा आजबाट बृहत वृक्षारोपण कार्यक्रम सुरु

Date:

Share post:

बर्दिया-
रास्ट्रिय युवा संघ नेपालको देशब्यापी बृहत वृक्षारोपण कार्यक्रम गर्ने केन्द्रिय सर्कुलेसन अनुसार आज बाट राष्ट्रिय युवा संघ नेपाल बर्दियाले पनि वृक्षारोपण कार्यक्रम सुरुगरेको छ। आज बर्दिया जिल्ला को बढैयाताल गाउपालिकाबाट वृक्षरोपण कार्यक्रम राष्ट्रिय युबा संघ नेपालका केन्द्रिय महासचिव रमेश आचार्यद्वारा अमलाको बिरुवा रोपि उध्घाटन गरिएको थियो तथा गुलरिया नगरपालिका र बासगडी नगरपालिका गरि तीन वटा पालिकामा करीब ५ हजार बिरुवा रोपि बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

युबा संघ नेपालद्वारा आयोजित उक्त बृहत बृक्षारोपण कार्यक्रम बर्दिया जिल्लाका अन्य पालिकाहरुमा पनि भोलि देखि क्रमशः विभिन्न फुल, फलफुल लगाएत डाले घासका का बिरुवाहरु रोपिने जानकारी राष्ट्रिय युवा संघनेपालका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला संयोजकले दिनुभयो। भने आजको उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख आतिथि रास्ट्रिय युवा संघ नेपाल का केन्द्रिय महासचिव रमेश आचार्य तथा विशेष अतिथिमा संगठनका सचीव रबिन्द्र लम्साल हुनुहुन्थ्यो। त्यस्तै केन्द्रिय स्थाइ कमिटी सदस्य, केन्द्रिय सचिवालय सदस्य, जिल्ला कमिटी पदाधिकारी, जिल्ला कमिटी सदस्यहरु, पालिका कमिटीका पदाधिकारी लगाएत सदस्यहरुको उपस्थिति थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...