Trending

राष्ट्रिय युवा संघ नेपाल बर्दियाका सह संयोजकको एमाले अध्यक्ष के पि वलि र माधब नेपाल लाई खुला पत्र


बर्दिया/रेशम बहादुर चन्द-
सम्माननिय पार्टी अध्यक्ष कमरेड केपी ओली ज्यु एवं वरिष्ठ नेता कमरेड माधव नेपाल ज्यु।।
आदरणिय दुबै नेता कमरेड हरुमा अभिवादन!!!
सानो तुच्छ एमाले शुभचिन्तक शुभेच्छुक कार्यकर्ता का भावना लाई बुझिदिनु हुनेछ भन्ने आशा लिएको छु लिएका छौ सानो मुख ठुलो कुरा गर्ने हैसियत त म सग थियन तैपनि हिम्मत गरेको छु दुई शब्द खर्च गर्न ।।

कम्रेडद्वय, समय गतिशील छ जो समयको गति सग सगै आफ्नो गति लाई पनि बढाउन सक्छ वास्तव मै त्यही नै लिडर हुन्छ र त्यही नै लिडर हो(उल्लेखित शब्द हजुरहरु बाटै सिकेको ) राजनीति मा अंशबण्डा झै भागबन्डा छुट्याउदै व्याक्तिगत महत्वकांक्षा का लागि गरिने गुटगत लडाइँ कुनै पनि हालतमा सैद्धान्तिक लडाइँ होइन एउटै मार्गनिर्देशन सिद्धान्त बाट संचालित पार्टी र नेता कार्यकर्ता हरु कसरी त्यही सिद्धान्त विपरीत अलगअलग हुन सक्छन् ? दुई खेमा मा विभाजित विवादित नेताहरू को व्याक्तिगत महत्वकांक्षी र शक्ति पर्दशन मात्रै हो यो लडाइँ न त संविधान को रक्षार्थ हो न त राष्ट्र र जनताको लागि हो कसैलाई शक्ति को दम्भ कसैलाई पावर सेयरिङ नहुदाको पिडा मात्रै हो! मलाई लाग्छ अधिवेशन कुर्न नसक्ने आफ्ना पार्टी सदस्य हरु प्रति को अविश्वास देखिन्छ को सहि को गलत कसको नीति सहि कसको नेतृत्व सहि भन्ने मुल्यांकन आम पार्टी कार्यकर्ता र सदस्य हरुले गर्नै नपाउने ???
लोकतान्त्रिक विधि पद्धति जनवादी केन्द्रियता खै?
जनवाद लाई कुल्चेर केन्द्रीयता मात्रै लादेर आफु पावरमा पुग्ने कुचेष्ठाको भविष्य के होला??
तपाईं हरु एकता एकता भनिरहदा लाज लाग्न थाल्यो हामीलाई । भोलि तपाइका स्वार्थ पूरा नहुदा फेरि लामो हस्ताक्षर बोकेर विपक्षी का जानुहुने छैन भन्ने के भर?
आफ्नै सरकारलाई अल्पमतमा पार्नु हुन्न भन्ने के भर?
आफ्नै नेतृत्व का सरकार ढाल्नुहुन्न भन्ने के भर?
अनि सरकार तथा पार्टी नेतृत्व मा रहेकाले आसेपासे का कुरा सुनेर गलत कदम चाल्नुहुन्न भन्ने के भर?
तपाईंको अघिपछि सेल्फी लिएर चपलुसी गर्नेलाई नचिनेरै विश्वास गर्नुहुन्न भन्ने के भर?
तसर्थ एकता मस्यौदा बनाउदा हामी कुनै पनि हालतमा पार्टी लाई देशलाई जनता लाई आम कार्यकर्ता पार्टी सदस्य लाई बिभाजित र नबनाउने र धोका नदिने गरि कसम खान्छौ प्रतिज्ञा गर्दछौं र निम्न लिखित सम्झौता बाट तलमाथि गर्नेछैनौ भनी हस्ताक्षर गरि लिखित सम्झौता मस्यौदा मा दुवै पक्षको जित यस्तो जित कि तपाईं का व्याक्तिगत स्वार्थ भन्दा जनताका हितका शब्द रहुन यही चाहना छ ।।हामी आशावादी छौ कमरेड हामी पार्टी लाई माया गर्छौ कमरेड हामी केपी बा आइ लब यु वाला होइनौं हामी माधव काका जिन्दावाद होइनौं हामी नेकपा एमाले जिन्दावाद भन्ने हो हामी जनताको बहुदलीय जनवाद जिन्दावाद भन्ने हो हामी मदन-आश्रित अमर रहुन भन्ने हो हामी मनमोहन अधिकारी अमर रहुन भन्ने हो तपाईं हरुको योगदान अमुल्य छ तपाईं हरुको योगदानको हामी सलाम गर्ने हो तपाईहरु (केपी माधव) का मुल्यांकन गर्ने हो सम्मान गर्ने हो तपाई कै मार्ग निर्देशन मा चल्ने हो तर तपाईं हरुको मार्गनिर्देशन व्याक्तिगत महत्वाकांक्षी रहित हुनुपर्छ ।।
शुभचिन्तक
रेशम बहादुर चन्द
मधुवन नगरपालिका -५
बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close