Trending

जिल्ला खेलकुद बिकास समिति बाँकेको अध्यक्षमा मोहित शाह


बाँके-
हिजो बाँकेमा ९ सदस्यीय जिल्ला खेलकुद बिकास समिति गठन गरियको छ भने उक्त बाँके जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष मा सर्वसम्मतिले बाँकेका खेलप्रेमी तथा होनहार युवा नेता मोहित शाह चयन हुनुभएको छ।लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलिका अनुसार, हिजो बसेको लुम्बिनी प्रदेश खेलकुद परिषद को बैठकले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला खेलकुद बिकास समिती गठन गरेको छ। 

शिक्षा तथा सामाजिक बिकास मन्त्री माननीय धर्म बहादुर लाल श्रृवास्तबको अध्यक्षतामा  र लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलि सहित बसेको बैठकले  लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुमा जिल्ला खेल्कुद बिकास समितिहरुलाइ पुर्णता दियको हो। बाके जिल्लामा मोहित शाहको अध्यक्षतामा  नौ सदस्यीय जिल्ला खेल्कुद बिकास समिती गठन भएको छ। जसमा समिती निम्नानुसर रहेको छ :अध्यक्ष मोहित शाह ,उपाध्यक्ष कृष्णा पाठक, कोषाध्यक्ष कमलेश कुमार पाठक र सदस्यहरुमा ललित सिंह ,  रहिम खान, चित्रा शिरीष,मकसुद अहमद हलवाई,गुरुवचन चौधरी,साकिर खान सहितको कमिटी गठन भयेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close