कोठियाघाट स्थित कल्पेश्वर डोजो का खेलाडिहरुको ग्रेडीङ्ग सम्पन्न

चक्र अविरल/ बर्दिया-

हिजो नेपाल गोजुरियो कराँते दो संघ बर्दियाका जिल्ला प्रशिक्षक श्री यशु के सीको प्रमुख आतिथ्यतामा राजापुर नगरपालिका कोठियाघाट स्थित कल्पेश्वर डोजो का खेलाडिहरुको स्तर वृद्धि ग्रेडिङ्ग सम्पन्न भएको छ। उक्त प्रशिक्षार्थिहरुको खेलको सिकाई सैद्दान्तिक कला र आन्तरिक मुल्याङ्कन बाट गरिएको कल्पेश्वर डोजोका प्रशिक्षक तिर्थराज रिजालले जानकारि दिनुभयो। व्हाईट वेल्ट बाट एल्लो वेल्टको लागि गरिएको उक्त परिक्षात्मक ग्रेडिङ्गमा करिब दर्जन बढि खेलाडिहरुले खेल प्रदर्शन गरेको तथा लकडाउन का कारण समय भन्दा ढिलो ग्रेडिङ्ग दिनुपरेका कारण प्रशिक्षार्थिहरुमा थोरै डर उत्पन्न भए पनि प्रस्तुति भने सबैको आशालाग्दो भएको प्रशिक्षक रिजालले खोज नेपाल न्युजलाई बताउनुभयो ।

बर्दिया जिल्ला को तर्फ बाट गोजुरियो कराँते बाट राष्ट्रीय र अन्तराष्ट्रीय प्रतियोगितामा समेत सहभागिता जनाई सक्नु भएका कल्पेश्वर डोजो का प्रशिक्षक तिर्थराज रीजाल बिगत १८ वर्षदेखि राजापुरमा डोजो सञ्चालन गरि थुप्रै खेलाडीहरु बनाई उनिहरुलाई समेत राष्ट्रीय स्तरका प्रतियोगितामा पठाईसक्नु भएको छ ।
स्वास्थ्य र सुरक्षा दुबैका लागि खेल आवश्यक रहेको र खेललाई सहि सदुपयोग गर्न आफ्ना खेलाडीहरुलाई निर्देशन दिँदै खेलाडीहरुको खेल जिवन उज्वल बनाउन आफु लागि पर्ने पनि उहाँको प्रतिबद्दता जनाउदै आफु कमाउनका लागि यो खेल क्षेत्रमा नलागेको बरु खेलको माध्यम बाट आफ्नो नगर , जिल्ला र सिङ्गो राष्ट्रलाई नै राष्ट्रीय अन्तराष्ट्रीय जगतमा चिनाउन लागि पर्ने बताउनुभयो ।

त्यस्तै प्रशिक्षक रिजालले आफ्ना दुइ छोराहरुलाई समेत आफ्ना चेलाको रुपमा खेलाई रहेका रिजालको श्रीमति समेत खेलाडि भएको बताए ।

प्रशिक्षक रिजाल कोठियाघाटमा सि 2 म:म सेन्टर का नाममा रेष्टुरेन्ट चलाएर बसेका तिर्थराज सामान्य आय स्तर भएका व्यक्ति हुन । आफ्नो १२ वर्ष को उमेर देखि खेल जिवनमा प्रवेश गरेका उनि बाँचुन्जेल खेलजिवन बाटै देश को सेवा गर्ने इक्षा रहेको तर खेल जगत मा अँझै स्वस्थ प्रतिस्पर्धाको कमि रहेको गुनासो समेत गर्दै उनि थप्छन धेरै अभिभावकहरु आफ्ना सन्तानलाई खेलाडि बनाउन चाहन्छन तर आर्थिक समस्याका कारण खेलाउन नसकिएको गुनासो गर्छन भने यस तर्फ केन्द्रीय सरकार र स्थानिय निकायले आवश्यक योजना बनाइ सहजिकरण गरे सहज हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close