बाँके-
आज नेपाल आई टि एफ तेक्वान्दो संघ बाँकेले होटल ईन्द्रेणीमा एक कार्यक्रम गरेर नवनियुक्त हुनुभएका लुम्बिनी प्रदेश खेलकुद विकास समितीका सदस्य सचीव भिम वलि र बाके जिल्ला खेलकुद विकास समिती का अध्यक्ष मोहित शाह सहित सम्पूर्ण टिम लाई हार्दिक सम्मान सहित बधाई तथा सफल कार्यकाल को शुभकामना दिएका छ्न।

आई टि एफ तेक्वान्दो संघ बाँके द्वारा आयोजित उक्त बधाई, शुभकामना तथा सम्मान कार्यक्रमको प्रमुख अतिथीमा नेपाल आई टि एफ तेक्वान्दो संघ का संस्थापक सदस्य गिता क्षेत्री हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता नेपाल आई टि एफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष विरेन्द्र शाही ले गर्नुभएको थियो।