क्यान्सर पिडित युवाका परीवारद्वारा उपचारका लागि सहयोग गरीदिन अपिल

Date:

Share post:

चक्र अविरल/बर्दिया-

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ८ थानफेना बस्ने बिपन्न परीवारका २१ वर्षिय युवा केशव बयकलोटि को मलद्वारमा क्यान्सर भए पछि उनको परिवारले उपचारका लागि आर्थिक सहयोग गरी ज्यान बचाइदिन अपिल गरेका छन ।

बिगत २ बर्ष देखि पायल्स भै बिभिन्न हस्पिटल तथा आयुर्वेद औषधि हरु खाइरहेका केशब अहिले क्यान्सर रोगि बनेका हुन । पायल्स जति उपचार गरे पनि सन्चो भएन अन्तिम मा त घाउ भएर मलद्वार नै बन्दभएर अन्तै घाउ भयो र त्यहि घाउ भएको ठाउँ बाट दिशा निस्कन थाल्यो उनको साथमा रहेका पुष्कर बयलकोटिले हामिलाई बताए । केशवको अहिले त्यहि घाउ को सामन्य अप्रेशन गरि दिशा आउन बन्द गरि पाइप बाट दिशा सञ्चालनगरिएको पनि बताए ।

बिपन्न परीवारका बयलकोटीको घरबास का लागि एक कट्ठा जग्गा बाहेक अरु नभएको र छोराको बिभिन्न ठाउँमा उपचार गर्नका लागि ऋण लिँदा ब्याज ले पनि नेटो काटेको उनको बुवा भक्त सार्किले पिडा सुनाए । पिडित केशब को एक महिनाको छोरो छ भने उनि घरका जेठो छोरा हुन । भरतपुर क्यान्सर अस्पताल मा पाइपको माध्यम बाट दिशा बाहिर निकालि उक्त दिशा निस्किने घाउ लाई शल्यक्रीया गरिएकाले निको हुन लागेको कुरुवा पुस्कर ले बताए । हाल सम्म तिन चार लाख सकियो अँझै चौध दिन पछि सिटिस्क्यान गरेर मलद्वार भित्रको घाउ हेरेर थप उपचार गराउने सल्लाह उनको उपचारमा संलग्न चिकित्सकले दिएको बताए ।

छोरा नै कमाउने थियो उस्लाई नै यस्तो भए पछि अब परिवार सबै जनाले बिषादि खाएर उ सङ्गै मर्नु को विकल्प नरहेको केशब कि आमा देबिसरा सार्कि ले रुँदैभनिन । यस पटकको अप्रेशनमा पनि १० हजार जुटाउन नसक्दा अप्रेशन नै रोकिएको र जेठाजु सङ्ग ऋण लिएर अप्रेशन गरिएको पनि उनले बताइन ।भरतपुर क्यान्सर अस्पतालको नयाँ मेडिकल वार्ड को १५५ नम्मरको बेडमा उपचाररत केशबलाई आज चौध दिन पछि पुन : आउने गरि डिस्चार्ज गरिएको परिवार श्रोतले जानकारि दिएको छ । न त धितो राखेर ऋण लिनलाई केहि छ नत साहु हरुले नै पत्त्याउने आधार छ अस्पतालमा पैसा नभए बिरामि लिएर जानुस भन्छ उपचार नै नपाएर छोराको मृत्युको बाटो कुर्नु बाहेक अरु बिकल्प नभएको परिवार बताउँछन भने कहिकतै बाट कसैले आर्थिक सहयोग जुटाइदिएर छोरालाइ पुनर्जीवन दिन सबैसंग अपिल समेत गरेकाछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...