Trending

नयाँ निर्देशिका लागुभएसंगै स्वास्थ्यसंग सम्बन्धित संस्थाले मात्रै एम्बुलेन्स सेवा सञ्चालन गर्न पाउने

काठमाण्डौ-
गत भदौ १७ गते एकीकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा संचालन निर्देशिका, २०७७ खारेज भएर राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी भै लागू भएसँगै अब देखि स्वास्थ्य संग सम्बन्धित संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा र सञ्चालनको अनुमति पाउने भएका छन।

देशैभरीका एम्बुलेन्सहरु छिटो छरितो रुपमा सञ्चालन गरी बिरामी तथा घाईतेहरुलाई सम्बन्धित उपचार केन्द्र वा अस्पतालसम्म सुरक्षित र सहज तरीकाले पुर्याउनका लागि एकीकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा संचालन निर्देशिका, २०७७ खारेज गरी नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ स्वीकृत भइ लागू गरिएको छ । भने उक्त जारी निर्देशिकाले अबदेखि एम्बुलेन्स संचालन गर्दा ‘क’ र ’ख’ बर्गको बाहेक अन्य बर्गको एम्बुलेन्स खरिद, प्राप्ति वा सन्चालन गर्न स्वीकृत नदिने तथा क’ र ’ख’ वर्गको एम्बुलेन्सका लागि मात्र खरीदमा राजस्व छुटको सिफारिश गरिने भनिएको छ।

‘क’ र ’ख’ वर्गको एम्बुलेन्स भन्नाले निर्देशिकाको अनुसूची–४ बमोजिमका मापदण्ड भएको हुनुपर्ने छ । निर्देशिकाको अनुसूची–४ बमोजिमका मापदण्डमा सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा फोर व्हील ड्राइभ, पावर स्टेरिङ्ग, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने उल्लेख गरिएको छ। एम्बुलेन्स सेवा संचालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावालीको प्रावधान अनुसार स्वास्थ्यसंग सम्बन्धित संस्थाले मात्र एम्बुलेन्स सेवा संचालन गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने, राष्ट्रिय प्रेषण केन्द्र, प्रादेशिक प्रेषण केन्द्र लगायतका प्रेषण केन्द्रहरुमा अनुसूची–११ बमोजिमको जनशक्ति ब्यबस्थापन गर्नुपर्ने , ‘क’ र ’ख’ वर्गको एम्बुलेन्सका लागि मेडिकल अफिसर, एच.ए , नर्स अनिवार्य हुनुपर्ने तथा त्यसमा रहने स्वस्थ्यकर्मीहरुले अनिवार्य रुपमा तोकिएको तालिम लिएको हुनुपर्ने प्रावधान छ भने सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा एउटै नम्बरबाट तथा एप्लिकेसनबाट सर्वसाधारणहरुले सेवा पाउन सक्ने गरी प्रेषण केन्द्रहरुसँग आवद्ध भएको हुनुपर्ने छ ।

अझ निर्देशिका लागुभएसँगै एम्बुलेन्सलाइ बिरामी ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न पाइने छैन, हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान गरेको हुनुपर्ने, एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन जिल्लास्तर, प्रदेशस्तर र संघीयतहमा अनुगमन समितिहरुले तोके बमोजिम हुनुपर्ने, एकीकृत एम्बलेन्स संचालन सम्बन्धि व्यवस्थामा देशभर संचालित एम्बुलेन्सहरूलाई प्रेषण केन्द्रमार्फत एकीकृत रूपमा संचालन गर्नुपर्ने, एम्बुलेन्समा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रद्वारा मान्यता प्राप्त आकस्मिक स्वास्थ्य सेवा सम्बन्धि तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी हुनुपर्ने, संघ र प्रदेशमा आकस्मिक स्वास्थ्य सेवाको सम्पर्कका लागि तीन अंकको १०२ टेलिफोन नम्बरबाट एकीकृत रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने गरी व्यवस्था गर्नु पर्ने लगाएत सर्तहरु को पालना अनिवार्य गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close