Trending

नेपाल उत्पीडित जातिय मुक्ति समाज बर्दियाको अध्यक्षमा सेराला


बर्दिया-
नेकपा एमालेकेा जन बर्गीय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज बर्दिया जिल्ला इन्चार्ज कमरेड ओम नेपालीको सभाअध्यक्षता,नेपाल उत्पीडित जातिय मुक्ति समाजका लुम्बिनी प्रदेश संयोजक नन्द बिश्वकर्माको प्रमुख आथित्यमा र नेकपा एमाले बर्दिया पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठ को विशेष आतिथ्यतामा नेपाल उत्पीडित जातिय मुक्ति समाज अगुवा कार्यकर्ता भेला भाद्र २८ गते संपन्न भएकेा छ ।

भेलाले १० बुदे सहमती कार्यान्वयन गर्दै युवा नेता कमरेड भुपेन्द्र सेरालाको संयेाजकत्वमा ७५ सदस्य कमिटि गठन गरेकेा छ ।भने उक्त गठन भएको नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला बर्दियाको अध्यक्षमा भुपेन्द्र शेराला, उपाध्यक्षमा सुन्दरी बादी, सचीवमा कुल बहादुर बिश्वकर्मा,सहसचिवमा बिर्ख बहादुर दमाइ र कोषाध्यक्षमा गुम बहादुर परियार लगाएत रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close