शैलेन्द्र बिक्रम बिडारी/काठमाडौं-
हास्य कालाकार रमेश केसी ‘मट्टारे’ को हिजो निधन भएको उनका परिवरिक स्रोतले जनकारी गरएका छन । चर्चित हास्य टेलिश्रीङ्खला हर्के हवल्दारको सुटिङकै क्रममा कालाकार के.सी. लाई हृदयघात भएपछी गङ्गालाल अस्पताल लैजाने क्रममा निधन भएको हो। स्वर्गिय कालाकर के.सी.को हिजै पशुपती आर्यघाटमा अन्त्यस्टी गरिएको समेत स्वर्गीय के.सी.को परिवारले जनाएको छ ।
स्वर्गीय हास्य कलाकार के.सी.ले ५० भन्दा बढी टेलिसिरियलमा अभिनय गरीसकेका थिए भने उनि रक्सी पिउने पात्रको रुपमा सर्वाधिक चर्चित थिए।