चक्र अविरल/बर्दिया-
फोक्सो को समस्या का कारण स्वास्थ्य उपचार गराईरहेका दानबहादुर थापाको निधन भएको छ । प्राथमीक स्वास्थ्य केन्द्र जयनगरमा अक्सिजन लगाएर राखिएको थापाको असोज ६ गते राति १० बजे निधन भएको हो ।
बारबर्दिया नपा ८ भगतपुर निवासि थापा बुवा बलबहादुर थापा र आमा सरस्वति थापाको माइलो छोरा हुन ।
फोक्सो मा समस्या भै श्वास फेर्न अप्ठ्यारो भए पछि थापा लाई बुद्दभुमि नेपालको एम्बुलेन्समा भदौ १५ गते विर अस्पताल लगि भर्ना गरिएको थियो ।
उपचार सम्भव नभए पछि असोज १ गते विर अस्पतालले घरमै अक्सिजनमा राख्नु पर्ने भन्दै डिस्चार्ज गरेको थियो ।
याल्ड्मून ग्रुपका सदस्य चक्र अविरल ले नेपाल बाट र गणेश बि सि सउदि बाट दानबहादुर बचाऔँ अभियान चलाई आर्थिक संकलन गरि उपचार गरिएको थापालाई नेपाल र विदेश बाट गरि करिब २ लाख बराबरको आर्थिक सहयोग जम्मा भएको थियो । थापालाई अक्सिजन को लागि भन्दै राष्ट्रीय आविष्कार केन्द्र ललितपुर बाट अक्सिजन मेशिन सहयोग प्रदान गरिएको थियो । उक्त मेशिन बाट निस्किएको अक्सिजनको मात्राले काम नगरि श्वास प्रश्वासमा समस्या भए पछि बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र जयनगर बर्दियामा असोज २ गते अक्सिजनमा राखिएको अवस्थामै उनको निधन भएको हो ।
२८ वर्षिय दानबहादुर विगत २ वर्ष देखि छाति दुख्ने र श्वास फेर्न नसक्ने समस्याले ग्रसित थिए । सामरा हस्पिटल लखनौ मा कोभिड देखिएको तर आफन्तिलाई जानकारि नगराइदिएको पिडित कि भाउजु शुशिला थापा बताउँछिन ।
मृतक थापा को बुवाको निधन भैसकेको छ भने आमा पनि मानशिक सन्तुलन गुमेको अवस्थामा छिन । पिडित थापालाई बचाउन नसकिए पनि उनकै स्मृतिमा सहयोगि संस्थाको स्थापना गरि अन्य दीन दुखि हरुको सेवामा समर्पित रहि मृतकको चिर शान्तिको कामना गर्ने अभियान्ताहरु बताउँछन ।