बर्दिया-
राष्ट्रिय युवा संघ नेपाल बर्दियाका युथ फोर्स जिल्ला संयोजक बिकाश डाँगीले नेकपा एमाले बाट चोइटिएर गएका माधब नेपाल पक्षको नयाँ पार्टी नेकपा एकीकृत समाजबादीले बर्दियामा एमालेलाई कुनै असर पर्न नसक्ने बताउनुभएको छ।
त्यस्तै युथ फोर्स बर्दिया संयोजक डाँगिले खोज नेपाल न्युज संग कुरा गर्दै भन्नुभयो नेकपा एमाले पार्टी सम्पुर्ण नेपाली र सर्बहारा बर्गको पार्टी हो, १५ बर्ष एमाले पार्टीको नेतृत्वमा रहि पार्टीलाई कुनै सहि मार्ग दिन नसकेका माधबले अहिले खोलेको नयाँ पार्टी एकीकृत समाजबादीलाई के बिचार र सिद्धान्त देलान? अझ उहाले भन्नुभयो आफुले जनता संग सुर्य चिन्हमा भोटमागी आफुले संसदमा रुख चिन्हमा भोटहाल्ने यस्ता बिचार र सिद्धान्तहिन मान्छेहरुले अबको चुनाबमा के भनेर कस्कालागी भोट माग्छन? यस्ता अवसर बादीको झुन्ड नेकपा समाजबादिहरुलाई बर्दियाका जनताहरुले नजिकबाट बुझेका छन त्यसैले यी अबसर बादिहरु छिट्टै पलाएन हुनेछन।
खोज नेपाल न्युज संग कुरा गर्ने क्रममै युथ फोर्स बर्दिया संयोजक डाँगिले भन्नुभयो राष्ट्रिय युवा संघ नेपाल बर्दिया र युथ फोर्स नेपाल बर्दियाका सम्पुर्ण कम्रेडहरु लाई त्यस्ता खालका अवसरबादी, कुनै बिचार र सिद्धान्त नभएका पार्टीका कार्यकर्ता हरुलाई प्रतिवाद गर्न र अवसरबादीहरुले अनेक प्रलोभन देखाइ जालझेल गर्न सक्छन त्यस्ता प्रवृत्तिहरुलाइ चुनौती दिदै आफ्नो संगठनलाई चुस्त दुरस्त राख्न सम्पुर्ण वडा, पालिकाहरु मा संगठन बिस्तार गर्दै अगाडि बढ्न समेत आग्रह गर्नुभएको छ।