Trending

बारबर्दियामा नेपाल बन्दको प्रभाब उच्च

नेपालमा पेट्रोलियम पदार्थमा भयको मूल्य को बिरोधमा “नेत्र बिक्रम चन्द “बिप्लब”ले आज गरेको  नेपाल बन्दको प्रभाब बर्दियाको विभिन्न स्थान लगायत बारबर्दियामा  पनि परेको छ ।

सडकमा मोटर साइकल लगायत इन्धन बाट चल्ने सम्पुर्ण सवारी साधन बन्दकर्ता द्वारा चलाउन रोक लगाइयको थियो भने पसल हरु पनि बन्द गराइयको थियो ।

 बिरोधको तरिका गलत भयतापनी  मूल्य वृद्धि तत्काल घटाउनुपर्ने माग र उदेश्य सहि भयका कारण   “बिप्लब”को बिरोध कार्यक्रमले कुनै समस्या नभयको र पुर्ण समर्थन रहेको तेहाका ब्यापारी र यातायात ब्यवसायिले बतायकाछन ।

बन्द र बिरोध कार्यक्रम  हाम्रो भयता पनि यो हामिले उठायको आवाज जनताको लागि हो तेलको मूल्य वृद्धि  भयमा मर्कामा पर्ने गरिब जनता हुन किन भने डिजल पेट्रोलको भाउ बढना साथ सार्बजनिक यातायातले भाडा बढाउने हुदा गरिब जनता मर्कामा पर्ने साथै कृषि क्षेत्रमा जोत्न दाउन प्रयोग गरिने ट्रयाकटर ,थ्रेसरका धनिहरुले समेत मूल्य बढाउनुपर्ने बाध्यताले किसान झन धेरै मर्कामा पर्ने लगायत सम्पुर्ण सिस्टमलाइ नै प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्ने हुदा मूल्य वृद्धि नघटाउदा सम्म चरणबद्ध रुपमा आन्दोलन गर्ने योजना समेत रहेको बताउदै यो  अहिलेको सन्सदिय ब्यवस्था पुर्ण रुपमा असफल भयको हुदा नया जनबादी राज्यसत्ता कोलागी यहाको स्थानिय जनता पनि  अब सडकमा आउनुपर्ने  बेला भयको भन्दै हाम्रो सम्बादाता सङ्ग बारबर्दिया इन्चार्जले आफ्नो बिचार प्रस्तुत गरेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close