नारायणगढ देखि महेन्द्रनगर जाँदै गरेको बस बर्दिया मा दुर्घटना, ९ जना घाइते(हेर्नुहोस को को भए घाइते नाम सहित)


बर्दिया-
पुर्ब पश्चिम् राज मार्ग अन्तर्गत बर्दियाको बारबर्दिया नगर पालिका वार्ड नम्बर ८ औरि मा आज बिहान करिब ५:३० बजे तिर बस दुर्घटना भएको छ ।नारायणी यातायात प्राली द्वारा संचालित नारायणघाट बाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ८९४९ नम्बरको रात्रि बसमा सबार चालक सहित ९ जना घाइते भएका छन भने घाइते सबैलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ।

उक्त दुर्घटना भएको गाडिमा करीब २५ जना यात्रु भएको अनुमान गरिएको छ भने सवार यात्रु मध्य चालक सहित ९ जना घाइते भएका मध्य रामचन्द्र लामिछाने (काभ्रे), मनकला खनाल पुजारा(कंचनपुर), केसब सिंह ऐर(कंचनपुर ), तपेन्द्र कठाएत(कैलाली ), खेमराज सापकोटा (कैलाली ), जितेन्द्र कुमाल(हरीयाणा स्टेसन, पानी पथ ठाना), अनिता दाहाल(कैलाली ) लागाएत को पहिचान भैसकेको छ भने बाँकी २ जनाको अझै पहिचान खुलेको छैन। घाइते सबै सुरक्षीत रहेको र उपचार भै रहेको कतर्निया प्रहरी चौकी बर्दियाका प्रहरी हवल्दार लिलाधर डाँगी ले खोज नेपाल न्युज लाई जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close