नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न


बर्दिया –
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औ स्थापना बर्दिया जिल्ला विविध कार्यक्रम गरि मनाईएको छ ।
२०४५ पौष ९ गते दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेकपा एमाले जनबर्गिय संघ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक वर्ष देशै भरि स्थापना दिवस मनाउने गरेको छ ।
कार्यक्रममा वौल्दैै प्रमुख अतिथि पुर्ब बाणिज्य तथा आपूर्ति राज्य मन्त्री प्रतिनिधि सभा सदस्य नेकपा एमालेका निर्बाचन आयोगका केन्द्रिय सदस्य बिमला बि.क. ले एक्काइसौ सताब्दीमा पनि मान्छे मान्छे विच विभिदहूनु मानविय अपराध भएकोले जातीय विभेदको अन्त्यका लागि सवै क्षेत्रवाट लाग्नु पर्नेमा जोड दिनु भयो , साथै उत्पीडित समुदायको मुक्तिका लागि नेकपा एमाले सदैव अग्रस्थानमा रहेको उहाले वताउनु भयो साथै जातीय विभेद सामाजिक अपराध भएकाले सवै क्षेत्र वाट यसको अन्त्यका लागि लाग्नु पर्नेमा जोड दिनु भयो।
नेकपा एमालेका केन्द्रिय सदस्य कार्यक्रमका बिशिस्ट अथिती कमरेड शोभा ज्ञवाली उत्पीडनमा परेका दलित समुदायको मुक्तिको लागी नेकपा एमाले हेरक क्षेत्र वाट संघर्ष गर्दै आएको वताउदै पार्टीका विभिन्न निकायमा दलित समुदायको सहभागिता गराउदै आफू सदैव जातीय विभेदको विरोधमा लागिरहेको वताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भक्त बहादुर बि.क नेपाल उत्पीडित जातिय मुक्ति समाजले अहिले दलितहरूका लागी हरेक वार्ड स्तरमा एउटा महिला सदस्य अनिवार्य राख्ने ब्याबस्था गरेको बताउदै सम्पूर्ण मुक्ति समाज न्यायको लागी एकजुट हुन आग्रह गर्नु भयो।
नेकपा एमाले जिल्ला सदस्य, मुक्ति समाज बर्दियाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष कमरेड भुपेन्द्र सेरालाले अब हुन लागेको जिल्ला कमिटीमा पदाधिकारी मा एकजना दलित बाट राख्नु पर्ने माग गर्दै, सबै हामी आ आफ्ना हक अधिकारका लागि एक ढिक्का हुन आग्रह गर्दै कार्यक्रमस मापन गर्नु भएको थियो। आजै नेपाल उत्पीडित जातिय मुक्ति समाजको बोर्ड पार्टी कार्यलय गुलरियामा कार्यक्रमका प्रमुख अथिती माननीय बिमला बि.क. ज्यु बाट बोर्ड बाचन गरि बोर्ड पार्टी कार्यलय गुलरिया बर्दियामा राखियो।