जिल्ला प्रशासन कार्यालय १५ गते सम्मका लागि बन्द

बर्दिया-
हिजो माघ १० गते जिल्ला प्रशासन कार्यालय गुलरीया बर्दियाले एक अत्यन्त जरुरी सुचना प्रकाशित गरि माघ १५ गते सम्म जिल्ला प्रशासन कार्यालय बाट हुने सम्पुर्ण प्रशासनिक काम स्थगित अर्थात बन्द गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार द्वारा हस्ताक्षरीत उक्त अत्यन्त जरुरी सुचनामा भनिएको छ- यस कार्यालयका कर्मचारीहरुको मिती २०७८ साल माघ १० गते कोभिड-१९ को परीक्षण गराउदा अधिकांस कर्मचारीहरु संक्रमण देखिइ होम आइसोलेसनमा रहनु भएकोले यस कार्यालयबाट दिइने अत्यावश्यक सेवा(सान्ती सुरक्षा) बाहेक अन्य सबै सेवाहरु मिती २०७८ साल माघ १५ गते सम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।