काठमाडौं-
प्रहरी प्रधान कार्यालय मानव श्रोत एबं प्रशासन बिभाग भर्ना छनौट महाशाखा नक्सा काठमाडौं ले हिजो एक सुचना प्रकाशन गरि ४० दिनका लागि एक लाख जनाको लागि म्यादी प्रहरी मा भर्ना खुलेको जानकारी गराएको छ।
सूचनामा यहि चैत्र ६ गते देखि ११ गतेसम्म दरखास्त दिने मिति तोकिएको छ भने समय बिहान १० बजे देखि साँझ ५ बजे सम्म काठमाण्डौं उपत्यका भित्रकाले महानगरीय प्रहरी परीसर काठमाडौं, ललितपुर, भक्तपुर तथा उपत्यका बाहिरकाले सबै जिल्ला प्रहरी कार्यालयमा स्वयं उपस्थित भै दरखास्त दिन सकिने भनिएको छ।
उक्त सूचनामा म्यादी प्रहरीमा भर्ना हुनको लागि उमेरहद १८ बर्ष पूरा भएको तथा ५४ बर्ष ननाघेको भनिएकोछ भने प्राथमिकतामा भुतपुर्व नेपाली सेना, प्रहरी, बिदेशी मित्र राष्ट्रहरुमा सुरक्षा निकायमा काम गरेका, २०७८ श्रावण १ गते देखि नयाँ भर्नाका लागि शारीरिक परीक्षण सम्म उत्तीर्ण भएकाको प्रवेश पत्र र यसभन्दा अघि म्यादी प्रहरीको रुपमा काम गरेकालाई राखिएको छ।
त्यस्तै म्यादी प्रहरीकालागी तलब सुबिधा प्रहरी जवान सरह मासिक २२,६८०/- का दरले ४० दिन सम्मको ३०,२४०/-, खाद्यान्न बापत ७,२००/- एकमुष्ट , पोशक तथा अन्य सामान खरीद गर्ने गरि ६०००/-, र यातायात खर्च १०००/- दिएने तथा बिमा लगाएतका अन्य सुबिधा नेपाल सरकारले तोके बमोजिम हुने समेत बताइएको छ।