Trending

फेरि बढ्यो पेट्रोलियम पदार्थ र ग्यासको मूल्य


काठमाडौं-
नेपाल आयल निगमले हिजो मंगलबार राती १२ बजे बाट लागु हुनेगरी पुन:पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ५ रूपियाँका दरले बढाएको हो। भने खाना पकाउने ग्यासमा प्रती सिलिन्डर २५ रुपैयाका दरले बढाएको छ।

आयल निगमका अनुसार मूल्य वृद्धि गर्दा पनि निगमलाई १ महिनामा ९ अर्ब २७ करोड अनुमानित घाटा छ। चालु आर्थिक बर्षमा निगमको सञ्चित नोक्सानी ३३ अर्ब रुपिया पुगिसकेको छ भन्दैमूल्य वृद्धि गरेको हो। मूल्य वृद्धि पश्चात अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६ सय पुगेको छ । यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close