हावाहुरीले एकमात्र खाद्यबाली मकै ढलाएपछी बाजुरामा भोकमरी हुनेपक्का

Date:

Share post:


बाजुरा/दिपक बहादुर खत्री डडाल-
बाजुरा जिल्ला जगनाथ गाउँपालिका वार्ड नं ३ र ४ का थारिकाँडा, नाराकोट, मनिकाडाँ लगाएतका क्षेत्रमा असोज १ गतेको भीषण बर्षा संगै को हावा हुरिले बर्ष भरि खाने अन्न बालि मकै एक बोट ठाडो नरहने गरी पुरै तहस नहस गरेको छ।

उक्त ठाउँका जनताको मुख्य खाद्यान्न मकैमा आस्रित भएर जिउने गरेका छन यो बर्ष त्यहाका जनता लाइ ठुलो भोकमरि हुन सक्ने सम्भावना बढेको छ। जहाँ जिउन लाइ अन्य कुनै बालि हुदैन बर्ष भरि मकै को रोटि खाएर धौधौ जिबिका पार्जन गर्ने ठाउ हो जगनाथ गा पा वार्ड नं ३र४। हावा हुरी ले जनता को जिबन मा कालो बादल मढारीएको छ। सामान्य लुगा कपडा किन्न भारतबाट कमाएर ल्याउने र अनि मात्र नयाँ कपडा लगाउने अबस्था हुन्छ नजिक पसल बजार नभएको बाजुरा जिल्लाको एक बिकट ठाउँ हो ।

२०२२ साल मा पनि मकै हावाले नास गरेपछि त्याहाँका जनता मा ठुलो भोकमरि परि सयौ मान्छे को मृत्यु भएको थियो। बाच्ने हरु ले रिठा, गिठा, थकाइला आदि जडिबुटी खाएर बाचेका थिए। त्यस्तै अबस्था यो साल भएको छ।

यो घटना प्रति कुनै निकाए गम्भिर भएको छैन। प्रहरी प्रशासन, स्थानिय जनप्रतिनिधि पुगेका छैनन जनता आक्रोशित भएका छन। कसैको घरको छानो उडाएको छ। तत्काल खाने कुराको समस्या देखिएको छ।प्रहरी जान मानेको छैन। जनप्रतिनिधि लाचार छन। जनताको आक्रोश बाट जनप्रतिनिधि डराएका छन।उक्त क्षेत्रमा फोन लागेको छैन सन्चार बिहिन अवस्थामा भएका जनताको स्थानिय, प्रदेश, र संघिय तिनै तहको सरकारको ध्यान गएको छैन। यस्तो अवस्थामा जन्ता आन्दोलित हुने सम्भावना बढेकोले तिनै तहको सरकार उदासीन नभै दिर्घकालिन समस्या समाधान गर्न स्थानिय सरकार गम्बिर हुन जरुरि देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...