नेपाल उत्पीडित जातीय मुक्ति समाजको३५औ स्थापना दिवस विविध कार्यक्रम गरि सम्पन्न

Date:

Share post:

बर्दिया –
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औ स्थापना दिवस हिजो पौष ३ गते बर्दिया जिल्लामा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।

नेपाल उत्पिडीत जातीय मुक्ति समाजकेा ३५अैां स्थापना दिवश नेकपा एमाले केन्द्रिय सदस्य एबम बर्दिया इन्चार्ज लक्ष्मण ज्ञवालिको प्रमुख आथिथ्यमा, नेकपा एमाले केन्द्रिय निर्बाचन आयोग केन्द्रिय सदस्य बिमला बि.क.को बिशिस्ट आथिथ्यमा तथा बर्दिया जिल्ला सदस्य एबम मुक्ति समाज बर्दियाका अध्यक्ष भुपेन्द्र शेरालाको अध्यक्षतामा कार्यकम गरिएको थियो। भने उक्त कार्यक्रममा नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्यहरु जिल्ला उपाध्यक्ष, संगठनका केन्द्रिय सदस्य, जिल्ला सदस्यहरु पार्टी निर्बाचित दलित महिला जनप्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा एमाले केन्द्रिय सदस्य एबम बर्दिया इन्चार्ज लक्ष्मण ज्ञवालिले एक्काइसौ सताब्दीमा पनि मान्छे मान्छे विच विभेदहूनु मानविय अपराध भएकोले जातीय विभेदको अन्त्यका लागि सवै क्षेत्रवाट लाग्नु पर्ने , साथै उत्पीडित समुदायको मुक्तिका लागि नेकपा एमाले सदैव अग्रस्थानमा रहेको वताउनु भयो।

नेकपा एमालेका केन्द्रिय सदस्य कार्यक्रमका बिशिस्ट कमरेड बिमला बि.क. उत्पीडनमा परेका दलित समुदायको मुक्तिको लागी नेकपा एमाले हेरक क्षेत्र वाट संघर्ष गर्दै आएको वताउदै पार्टीका विभिन्न निकायमा दलित समुदायको सहभागिता गराउदै अहिले दलितहरूका लागी हरेक वार्ड स्तरमा एउटा महिला सदस्य अनिवार्य राख्ने ब्याबस्था गरेको बताउदै सम्पूर्ण मुक्ति समाज न्यायको लागी एकजुट हुन आग्रह गर्नु भयो। त्यस्तै कार्यक्रममा उपस्थित पार्टी प्रदेश कमिटी सदस्या भक्त बहादुर बि.क, एके भुल र पार्टी जिल्ला उपाध्यक्ष कमरेड सालिकराम अधिकारी, मुक्ति समाजका केन्द्रिय सदस्य बर्दिया इन्चार्ज ओम नेपालीले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दियाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भुपेन्द्र सेरालाले आगामी चुनाबमा राज्यले हरेक जिल्लामा दलित समुदायको एउटा प्रमुख , एउटा उपप्रमुख राख्नु पर्ने माग गर्दै, हामी सबै आ-आफ्ना हक अधिकारका लागि एक ढिक्का हुन आग्रह गर्दै कार्यक्रम समापन गर्नु भएको थियो भने यस स्थापना दिवसको अबसरमा संगठनले दलित समुदायका गत स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान सहित बधाई तथा शुभकामना समेत दिएको थियो।

दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि २०४५ सालमा स्थापना भएको नेकपा एमाले जनबर्गिय संघ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक पौष ३ गते देशै भरि स्थापना दिवस मनाउने गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...